
२०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा दोलखामा ३३ जना उम्मेदवार चुनावी
मैदानमा थिए । मूख्य ३ दलसहित ११ दलले जिल्लाको दुवै क्षेत्रमा उम्मेदवारी
दिएका थिए। जम्मा उम्मेदवारी दिने दलको संख्या १४ रहेको थियो । क्षेत्र नं.
१ मा ३ जना र २ मा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। २०७० मा यो
संख्या ४६ पुगेको छ। विगतको ७ वर्षको अवधिमा जिल्लामा मतदाता बढ्नुभन्दा
घटेका छन । उम्मेदवारहरु भने वढेका छन। अघिल्लो पटक एक क्षेत्रमा खसेको
भन्दा धेरै मतसंख्या यसपटक घटेको छ । २०६४ को निर्वाचनमा जिल्लाको क्षेत्र
नं १ मा ५२ हजार ३ सय ६८ मत खसेको थियो भने २ मा ४४ हजार ४ सय ८५ मत खसेको
थियो । यसपटकको निर्वाचनमा क्षेत्र नं. १ मा ५५ हजार १ सय ६८ मतदाता रहेका
छन भने क्षेत्र नं. २ मा ५५ हजार १ सय ९३ जनाले मत खसाल्न पाँउछन। ०६४ मा १
उम्मेदवारका लागि ५ हजार २८ मत भागमा परेको थियो। यसपटक १ उम्मेदवारका
भागमा २ हजार ३ सय ६३ मत पर्छ।
जिल्ला निर्वाचन कार्यालय दोलखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार अहिले जिल्लामा जम्मा १ लाख ११ हजार ६१ जनाले मतदान गर्न पाँउछन । २०६४ सालमा भएको संविधाानसभाको निर्वाचनका भन्दा यो संख्या ५४ हजार ७ सय ६८ ले कम हो । अघिल्लो निर्वाचनमा जिल्लामा १ लाख ६५ हजार ९ सय २८ मतदाता थिए । यसमा ९६ हजार ८ सय ५३ जना मतदान प्रकृयामा सहभागि भए । कुल संख्याको ४१.६३ प्रतिशत (६९ हजार ७५ जना) मतदान प्रकृयामा सहभागि भएनन्।
जिल्लाका ५१ ओटै गाविस तथा नगरपालिकामा अघिल्लो चुनावको भन्दा भन्दा यसपटक मतदाताको संख्या कम छ । नगरपालिकामा २०६४ को भन्दा ५ हजार ४ सय ६ जना मतदाता कम छन । जिल्लाको सबैभन्दा धेरै मतदाता भएको गाविस जिरीको जम्मा मतदाताको संख्या ४ हजार ९ भन्दा नगरपालिकामा घटेको संख्या १ हजार ३ सय ९७ ले बढि छ । गाविसहरुमा सबैभन्दा धेरै डाँडाखर्क गाविसमा २०६४ मा ३ हजार सय ८८ मतदाता संख्या रहेकोमा अहिले १ हजार ७ सय ९० घटेर २ हजार १ सय ९८ मतदाता रहेका छन । जिल्लाको ओराङ गाविस कम मतदाता घटेको गाविस हो । २०६४ मा १ हजार ५ सय ४७ मतदाता रहेकोमा अहिले ३ सय ७९ घटेर गाविसमा जम्मा १हजार १ सय ६८ जनाले मतदान गर्न पाँउछन ।
कस्ता कस्ता उम्मेदवार
दोलखामा आगामी संविधानसभाका लागि सबैभन्दा कान्छा उम्मेदवार पुन्यप्रसाद रिमाल हुन। क्षेत्र नं. १ बाट चुरेभावर राष्ट्रिय एकता पार्टीबाट उम्मेदवारी दिएका उनी जम्मा २५ वर्षका छन । त्यसैगरि राष्ट्रिय चुरेभावर पार्टीबाट उम्मेदवारी दिएका रामप्रसाद उपाध्याय सबैभन्दा धेरै उमेर खाएका उम्मेदवार हुन । उम्मेदवारी दिंदा उनको उमेर ६८ वर्ष पुगेको छ।
जिल्ला निर्वाचन कार्यालय दोलखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार अहिले जिल्लामा जम्मा १ लाख ११ हजार ६१ जनाले मतदान गर्न पाँउछन । २०६४ सालमा भएको संविधाानसभाको निर्वाचनका भन्दा यो संख्या ५४ हजार ७ सय ६८ ले कम हो । अघिल्लो निर्वाचनमा जिल्लामा १ लाख ६५ हजार ९ सय २८ मतदाता थिए । यसमा ९६ हजार ८ सय ५३ जना मतदान प्रकृयामा सहभागि भए । कुल संख्याको ४१.६३ प्रतिशत (६९ हजार ७५ जना) मतदान प्रकृयामा सहभागि भएनन्।
जिल्लाका ५१ ओटै गाविस तथा नगरपालिकामा अघिल्लो चुनावको भन्दा भन्दा यसपटक मतदाताको संख्या कम छ । नगरपालिकामा २०६४ को भन्दा ५ हजार ४ सय ६ जना मतदाता कम छन । जिल्लाको सबैभन्दा धेरै मतदाता भएको गाविस जिरीको जम्मा मतदाताको संख्या ४ हजार ९ भन्दा नगरपालिकामा घटेको संख्या १ हजार ३ सय ९७ ले बढि छ । गाविसहरुमा सबैभन्दा धेरै डाँडाखर्क गाविसमा २०६४ मा ३ हजार सय ८८ मतदाता संख्या रहेकोमा अहिले १ हजार ७ सय ९० घटेर २ हजार १ सय ९८ मतदाता रहेका छन । जिल्लाको ओराङ गाविस कम मतदाता घटेको गाविस हो । २०६४ मा १ हजार ५ सय ४७ मतदाता रहेकोमा अहिले ३ सय ७९ घटेर गाविसमा जम्मा १हजार १ सय ६८ जनाले मतदान गर्न पाँउछन ।
कस्ता कस्ता उम्मेदवार
दोलखामा आगामी संविधानसभाका लागि सबैभन्दा कान्छा उम्मेदवार पुन्यप्रसाद रिमाल हुन। क्षेत्र नं. १ बाट चुरेभावर राष्ट्रिय एकता पार्टीबाट उम्मेदवारी दिएका उनी जम्मा २५ वर्षका छन । त्यसैगरि राष्ट्रिय चुरेभावर पार्टीबाट उम्मेदवारी दिएका रामप्रसाद उपाध्याय सबैभन्दा धेरै उमेर खाएका उम्मेदवार हुन । उम्मेदवारी दिंदा उनको उमेर ६८ वर्ष पुगेको छ।
दोलखा क्षेत्र नं. १
दर्ता नं.
|
पार्टी
|
उम्मेदवारको नाम
|
ठेगना
|
1
|
स्वतन्त्र
|
बुद्धिमान शेर्पा
|
खारे ७
|
2
|
नेपाली कांग्रेस
|
जिपछिरिङ शेर्पा
|
श्यामा १ हाल २
|
3
|
संघिय गणतान्त्रिक समाजवादी पाटी
|
भक्त बहादुर थोकर
|
भेडपु ६
|
4
|
राष्ट्रिय यथार्थवादी पार्टी
|
नर बहादुर खडका
|
भिरकोट ९
|
5
|
स्वतन्त्र
|
मिङ्गुर शेर्पा
|
मार्बु ७
|
6
|
मंगोल नेशनल अर्गनाईजेशन
|
कर्ण ब जिरेल
|
जिरी
|
7
|
राप्रपा
|
बल ब केसी भण्डारी
|
कामनपा ६
|
8
|
नेकपा एमाले
|
पार्वत गुरुङ्ग
|
सुरी २
|
9
|
तराई मधेस सदभावना पार्टी
|
मोहन कुमार तामाङ्ग
|
गैरिमुदी ७
|
10
|
राप्रपा नेपाल
|
मोहन ब लामा
|
घ्याङ्ग ६
|
11
|
स्वतन्त्र
|
रेशमराजस्वराज रिमाल
|
नाम्दु ५
|
12
|
संघिय समाजवादी पाटी
|
भक्त बहादुर जिरेल
|
जिरी ८
|
13
|
स्वतन्त्र
|
गोविन्द व गुरुङ्ग
|
सुरी २
|
14
|
एनेकपा माओवादी
|
विशाल खडका
|
जुंगु ६
|
15
|
स्वतन्त्र
|
शम्भु पसाद फुयाल
|
शहरे ४
|
16
|
चुरेभावर राष्ट्रिय एकता पार्टी
|
पुण्य प्र रिमाल
|
नाम्दु ५
|
17
|
अखण्ड नेपाल पार्टी
|
हरिबोल बस्न्यात
|
भिनपा १३
|
18
|
स्वतन्त्र
|
पुष्कर कुमार अधिकारी
|
क्षेत्रपा ५
|
19
|
स्वतन्त्र
|
दिनेश कार्की
|
जुंगु ५
|
20
|
राष्टिय मधेस बहुजन समाजवादी पार्टी
|
ओम पसाद फुँयाल
|
च्यामा १
|
21
|
नेकपा माले
|
सुमन कुमार योगी
|
मेलुङ्ग ३
|
22
|
नेपाल कम्युनिष्ट पार्टी
|
शिव ब श्रेष्ठ
|
क्षेत्रपा २
|
दोलखामा प्रमुख ३ दल एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेसहित १४ दलले दुवै क्षेत्रममा आफ्नो उम्मेदवारी दिएका छन । अघिल्लो संविधानसभाको निर्वाचनमा जिल्लामा प्रमुख तीन राजनैतिक दलसहित १० राजनैतिक दलले दुवै क्षेत्रमा आफ्नो उम्मेदवारी दिएका थिए । ठुला तिन दलमा सबैभन्दा कान्छा उम्मेदवार विशाल खड्का हुन । उनको उमेर ३२ वर्ष हो । एकिकृत नेकपा माओवादीका वागि उम्मेदवारका रुपमा चिनाएर दुवै क्षेत्रमा उम्मेदवारी दिएका रेशमराजस्वराज रिमालको उमेर पनि ३२ वर्ष हो । खड्काका प्रतिद्धन्दिहरु उनिभन्दा १३ वर्षको अन्तरले जेठा छन । क्षेत्र नं. १ का एमाले उम्मेदवार पार्वत गुरुङ्ग खड्का भन्दा १३ वर्ष जेठा ४५ वर्षका छन भने गुरुङ्गभन्दा नेपाली कांग्रेसका उम्मेदवार जिपछिरिङ लामा वर्षले १३ नै जेठा ५८ वर्षका हुन । यसैगरि क्षेत्र नं. २ मा उम्मेदवारी दिएका ३ दलमध्ये माओवादी उम्मेदवार शंकर लामा सबैभन्दा कान्छा हुन । ५२ वर्षका उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका तारा कोईराला र नेकपा एमालेका आनन्द पोखरेल दुवै ५४ वर्षका हुन।
क्षेत्र नं. १ मा २२ र २ मा २५ जनाले
उम्मेदवारी दर्ता गराएकोमा १ जनाले दुवैतिर उम्मेदवारी दिएको र १ जना
काठमाण्डौ निवासी हुन । ४५ जना उम्मेदवारमा १० जना भीमेश्वर नगरपालिकाका
रहेका छन । त्यसमा पनि वडा नं. १० बाट ३ जनाले उम्मेदवारी दिएका छन ।
नगरपालीकाबाट उम्मेदवारी दिनेहरु साना दलबाट वा स्वतन्त्र उम्मेदवारी
दिनेहरु छन । नगरपालिकाबाहेक विगु गाविसबाट सबैभन्दा धेरै ३ जनाले
उम्मेदवारी दर्ता गराएका छन । क्षेत्र नं. १ मा एमालेका उम्मेदवार पार्वत
गुरुङ्गको सुरी गाविस र एकिकृत माओवादीका उम्मेदवार विशाल खड्काको गाविस
जुँगुवाट १, १ स्वतन्त्र उम्मेदवार सहीत २ जना उम्मेदवार प्रतिष्पर्धामा छन
। यि बाहेक जिल्लाका ७ गाविसबाट २, २ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचनका लागि जनजाती समुदायबाट २२
जनाले उम्मेदवारी दिएका छन । प्रमुख तिन दलबाट २ निर्वाचनक्षेत्रमध्ये १
निर्वाचन क्षेत्रमा जनजाती समुदायका व्यक्तिहरु उम्मेदवार रहेका छन ।
एकिकृत माओवादीले क्षेत्र नं. २ मा जनजाती समुदायका शंकर लामालाई उम्मेदवार
बनाएको छ भने नेपाली कांग्रेस र एमालेले क्षेत्र नं. १ मा जिपछिरिङ लामा र
पार्वत गुरुङ्गलाई उम्मेदवार वनाएका छन । चुनावी प्रतिष्पर्धामा दलित
समुदायबाट २ जनाले उम्मेदवारी दिएका छन भने क्षेत्र नं. २ मा नेपाल मजदुर
किसान पार्टीवाट उम्मेदवारी दिएकी लक्ष्मि शिवाकोटी एक्लो महिला उम्मेदवार
हुन ।
दोलखामा यसपटक तिन ठुला दलले दुवै क्षेत्रका उम्मेदवार क्षेत्र नं. १ बाट उठाएका छन । एकिकृत माओवादीको क्षेत्र नं.२ का उम्मेदवार शंकर लामा घ्याङसुकाठोकर गाविस निवासी हुन । त्यसै गरि नेपाली कांग्रेसका तारा कोईराला पवटी गाविस निवासी हुन भने एमाले उम्मेदवार आनन्द पोखरेलको गृह गाविस जफे हो ।
क्षेत्र नं. २
दर्ता नं.
|
पार्टी
|
उम्मेदवारको नाम
|
ठेगना
|
1
|
नेपाली कांग्रेस
|
तारा वहादुर कोईराला
|
शैलुङ ४
|
2
|
मंगोल नेशनल अर्गनाईजेशन
|
साङ ठिलेन शेर्पा
|
विगु ४
|
3
|
राष्ट्रिय यथार्थवादी पार्टी
|
तेजजेन तामाङ
|
दुधपोखरी ६
|
4
|
राष्ट्रिय जनमुक्ति पार्टी
|
सुकमान थामी
|
विगु २
|
5
|
राष्ट्रिय चुरेभावर पार्टी
|
रामप्रसाद उपाध्याय
|
भीनपा १०
|
6
|
राप्रपा
|
नर बहादुर पाख्रिन
|
कालिञ्चोक ५
|
7
|
नेकपा एमाले
|
आनन्द प्रसाद पोखरेल
|
जफे ३ हाल भीनपा १०
|
8
|
मधेसी जनअधिकार फोरम
|
रमेश सुवेदी
|
भीनपा ११
|
9
|
नेपाल परिवार दल
|
निल कुमार श्रेष्ठ
|
काटाकुटी ९
|
10
|
राप्रपा नेपाल
|
कृष्ण कुमार श्रेष्ठ
|
काटाकुटी ९
|
11
|
नेमकिपा
|
लक्ष्मी शिवाकोटी
|
सुष्पा १
|
12
|
संघिय समाजवादी पाटी
|
हेप बहादुर थामी
|
आलम्पु २
|
13
|
नव नेपाल निर्माण पार्टी
|
रामकुमार शिवाकोटी
|
सुनखानी ६
|
14
|
स्वतन्त्र
|
रेशमराज स्वराज रिमाल
|
नाम्दु ५
|
15
|
नेपाल जनता दल
|
शंकर बुढाथोकी
|
भीनपा ६
|
16
|
नेपाल कम्युनिष्ट पार्टी
|
आङछिरिङ शेर्पा
|
विगु ८
|
17
|
एनेकपा माओवादी
|
शंकर लामा
|
घ्याङ ५
|
18
|
अखण्ड नेपाल पार्टी
|
इन्द्र ब. रिजाल
|
भीनपा १०
|
19
|
स्वतन्त्र
|
ज्ञान बहादुर घिसिङ
|
भुषाफेदा ६
|
20
|
संघिय गणतान्त्रिक समाजवादी पाटी
|
रण व थामी
|
सुन्दावती ५
|
21
|
नेकपा माले
|
गोविन्द वि. क.
|
भीनपा १०
|
22
|
स्वतन्त्र
|
टिका प्रसाद सापकाटा
|
भीनपा ७
|
23
|
राष्ट्रिय शिवसेना पार्टी
|
पदम ब. खत्रि
|
सुनखानी ९
|
24
|
स्वतन्त्र
|
हिरा प्रसाद चौंलागाई
|
भीनपा ५
|
25
|
राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टी
|
अमृत ब. चौंलागाँई
|
भीनपा ५
|
अघिल्लो पटक जिल्लाको क्षेत्र नं. १ मा निकटतम प्रतिद्धन्दिभन्दा ९ हजार ३ सय ७७ मतले विजय हासिल गरेको एकिकृत माओवादी त्यहि आधारमा चुनाव जित्ने दावी गर्दछ । त्यसबेला विजयी भएकी एमाओवादी नेतृ देवि खड्काले जिल्लाको एक रेडियोलाई अन्तवार्ता दिंदै अघिल्लो पटक मत हालेका मतदाता नघटेका बरु बढेको दावि गरेकी थिईन । “हाम्रा मतदाता घटेका छैनन् बरु थपिएका छन । त्यसैले जीत सुनिश्चित छ”, अन्तर्वाताका क्रममा उनले भनेकी थिइन । उनको दावीसंग एमाले कांग्रेस सहमत छैनन । एमाले नेता शिव भण्डारी यसपटकको जित एमालेको भएको दावी गर्छन । “पहिलाजस्तो माओवादीले हिंसा प्रयोग गरेर बुथ कब्जा गरेर यो पटक जित्न सक्ने अवस्था छैन । त्यसैकारण पनि यसपटकको जित एमालेको हो”, भण्डारीले भने ।
कांग्रेस पनि जिल्लामा जितका लागि दौडमा छ । २०६४ मा पाएको मतको आकलन नै उसले जितका लागि आधार मानेको छ । त्यसमा पनि अघिल्लो संविधानसभामा जितेर गएकाहरु खाली हात घर फर्केपछि कांग्रेस त्यस्तो विगत नदोहो¥याउने प्रतिबद्धताका साथ चुनावी अभियानमा छ । कांग्रेसको तर्फबाट क्षेत्र नं. २ का उम्मेदवार एवं नेपाली कांग्रेस दोलखाका सभापति ताराबहादुर कोईराला भन्छन, “यसअघि जनताले एमाले र माओवादीलाई मत दिएर जिताईसकेका छन। अव कांग्रेसलाई जिताउनेछन भन्नेमा हामी ढुक्क छौं।”
See more at: http://apawad.blogspot.com/2013/11/blog-post_7.html#sthash.LWZJZhyG.dpuf
No comments:
Post a Comment