Sunday, June 2, 2013

दलका कार्यकर्ता विच झडब चरिकोट बजार तनवग्रस्त



दिपक बस्नेत
जेष्ठ १९, दोलखा
कवाडी सामानको कर उठाउने विषयमा भएको विवादमा नेपाली काग्रेस निकट तरुण दल र एकिकृत नेकपा माओबादी निकट वाइसिएल विच झडप भएको छ । झडपको कारण दोलखाको सदरमुकाम चरिकोट केहि समय अस्तव्यस्त बन्न पुग्यो । नेपाली काग्रेस निकट तरुन दल दोलखाका सदस्य सानु शेर्पा माथि वाईसिएल कार्यकर्ताले हातपात गरेको भन्दै नेपाली कांग्रेस लगाएत भातृ सङ्गठनहरुले दोलखाको सदरमुकाम चरिकोट बजार बन्द गराएका हुन ।
रामेछापको नामाडिबाट द्वन्द्वकालमा क्षतिभएको डोजरको कवाडि सामान बोकेको सवरीलाई वाईसिएल कार्यकर्ताले चरिकोटकोटको बसपार्कमा रोकेर चन्दा  मागेपछि तरुन दलका सानु शेर्पा लगाएतका युवाहरुको वाईसिएल कार्यकर्तासंग विवाद भएको थियो । 
विवादको क्रममा सानु शेर्पाले वाईसिएल दोलखाका अध्यक्ष नविन जिरेललाई हातपात गरेको आरोप वाईसिएल पक्षले लगाएको छ । विवाद पछि शेर्पालाई प्रहरीले भ्यानमा राखेर ल्याउदै गर्दा एकिकृत माओवादीको पार्टी कार्यालय अगाडि वाईसिएल कार्यकर्ताहरुले भ्यान रोकेर शेर्पालाई हातपात गरेका थिए । वाईसिएल कार्यकर्ताको कुटपिटबाट शेर्पाको घिच्रोमा चोट लागेको छ । यसरी प्रहरीको भ्यानबाट शेर्पा कुटिनुमा प्रहरी माथि नै चरिकोट बासिले विभिन्न टिका टिप्पणि गरेका छन् । शेर्पा माथि कुटपिट भएपछि आक्रोशित कांग्रेस कार्यकर्ताहरुले एकिकृत माओवादीको कार्यालयमा तोडफोड गर्दै पार्टीको बोड निकाल्न लगाएका थिए । उनीहरुले वाईसिएलको झण्डा समेत जलाई दिएका छन् । कांग्रेसका आक्रोशित कार्यकर्ताले एकिकृत माओवादी पार्टी कार्यालय भएको घरमा ढुङ्गा मुढा गर्न लागेपछि त्यसलाई रोक्ने क्रममा प्रहरीले हानेको अस्रुग्यास व्यक्तिको घरको कोठामा पुगेको थियो । प्रहरीले शेर्पालाई कुटपिट गर्ने माथि कार्वाहि नगरी एकिकृत माओवादीको पार्टी कार्यालयको सुरक्षा मात्र गरेको आरोप कांग्रेस दोलखाका प्रचार प्रमुख दीपशङ्कर चौलागाईले लगाउनुभयो  । 
कांग्रेस दोलखाका सभापति ताराबहादुर कोईरालाले नेतृत्व गरेको जुलुसले एकिकृत माओवादी पार्टी कार्यालय घेराउ गरेको थियो । नेपाली काग्रेसका सभापति ताराबहादुर कोइराला र नेपाल तरुण दलका अध्यक्ष जयराम श्रेष्ठद्धारा निकालिएको छुट्टाछुट्टै विज्ञप्तीमा दोषी माथी आवश्यक कारबाही नगरिए उत्पन्न हुने सम्पुर्ण परिणामको जिम्मेवारी लिन स्थानीय प्रशासन र एकिकृत नेकपा माओवादी दोलखालाई चेतावनी दिदै अनिश्चितकालका लागी दोलखा बन्दको आव्हान गर्ने चेतावनी दिईएको छ । 
एकिकृत माओवादीले सोहि दिन पत्रकार सम्मेलनको आयोजना गरी गैरकानुनी ढङ्गले लान खोजिएको डोजरको कवाडि सामानको छानविन गर्न स्थानिय प्रशासनलाई जानकारी गराएको भन्दै तरुण दलका सानु शेर्पाले वाईसिएल दोलखाका अध्यक्ष नविन जिरेललाई हातपात गरिएको जनाईएको छ । पत्रकार सम्मेलनमा एकिकृत माओवादी दोलखाका संयोजक गङ्गा कार्कीले आफुहरुले घट्नालाई बढाउन नचाहेकोले सहमतिमा समस्याको समाधान निकाल्नु पर्ने बताएका छन् । 
यता माओवादी नेता विशाल खड्काले भने सामान्य घट्नालाई कांग्रेसले ठूलो बनाएको आरोप लगाउनुभएको छ उहाँले शेपालाई कुट्न आफुले नेतृत्व गरेको नभै कुटपिट गर्नबाट वाईसिएललाई रोकेको बताउनुभयो । शेर्पाले जिरेललाई हातपात गरेपछि वाईसिएल कार्यकर्ता आक्रोशित भई शेर्पालाई कुटपिट गर्न लागेकोले माओवादी केन्द्रिय सदस्य गङ्गा कार्की, शङ्कर लामा र आफुले रोकेको खड्काले बताउनुभयो  । बजारको अवस्था सामान्य बनाउन र थप झडप हुन नदिन प्रहरीले रामेछापबाट जनपथ र शसस्त्रका थप सुरक्षाकर्मी बोलाएको थियो । साँढेको जुधाई बाच्छाको मिचाई भने झै दुवै पक्षको झपले सर्वसाधारण त्रसित बनेका थिए । यातायातको साधान रोकिदा यत्रुहरु त्रसित भएका थिए । अव कतिवेला सम्म बन्द हुने हो ? समयमा तोकिएको ठाउँमा पुग्न नसकिने भनेर चिन्तामा थिए । आसपासका व्यपारी र घरका मनिसहरु आतङ्कित बनेका थिए । 
नेपाली काग्रेसका सभापति ताराबहादुर कोइराला र नेपाल तरुण दलद्धारा निकालिएको छुट्टाछुट्टै विज्ञप्तीमा भनिएको छ । रामेछापको वेतालीबाट एक निर्माण व्यवसायी कम्पनीले आफनो निजी कवाडी सामान उठाएर दोलखा हुदै काठमाडौ लैजादै गरेको एउटा ट्रकलाई वाइसियलका केही गुण्डाहरुले ट्रक रोकेर तीन लाख रुपैया माग्दै नेपाल तरुण दलका जिल्ला कार्यसमिती दोलखाका सदस्य शानु शेर्पा लगायत केही सदस्यमाथी एकिकृत नेकपा माओवादीका जिल्ला नेता विशाल खडकाको नेतृत्वमा वाइसियलका जिल्ला अध्यक्ष नविन जिरेल लगायतका  गुण्डाहरुले रड, हातहतियार सहित ज्यान मार्ने उदेश्यले शेर्पा माथी भएको आक्रमणको भत्सर्ना गरिएको छ । जे होस कुनै पनि समस्याको समधान भनेको झगडा र मारपिट होइन बार्ता सहमति र सहकार्य हो यसैमा सवैको भलो होला कि ?

No comments:

Post a Comment