Sunday, August 18, 2013

क्षणमै दुई करोडको क्षति


क्षणमै दुई करोडको क्षति

भाद्र –३
यहि साउन ३१ गते भीरकोट र जफे गाविसको सिमानामा पर्ने ढोली खोलामा आएको बाढिले झण्डै २ करोड रुपैंया बराबरको धनमाल क्षती भएको छ । हिजो जिल्ला दैवीप्रकोप समितीको बैठकमा जिल्लास्थित कार्यालयहरुले दिएको विवरणअनुसार अन्दाजी २ करोड रुपैंयाबरावरको सम्पत्ती क्षती भएको र २ वटा भवनहरु तत्कालै अन्यत्र सार्नुपर्ने अवस्थामा रहेका छन ।

बाढीले विभिन्न स्थानमा भएको खेत तथा त्यसमा लगाईएको धानसमेत गरि ३१ लाख ५५ हजार ६ सय रुपैंया बरावरको क्षती गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले जानकारी दिनुभयो । वाढी पहिरोले प्रभावित क्षेत्रमा जिल्लास्थित सरकारी तथा गैरसरकारी निकाएको एक टोलीले यहि साउन ३२ गते वाढी पहिरो प्रभावीत क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । टोलीले भीरकोट स्वास्थ्य चौकी तथा भीमेश्वर निमावी भवन तत्काल अन्यत्र सानुपर्ने सिफारिस गरेको छ ।
बाढीका कारण सडकमा १ करोड ४० लाख बरावरको क्षती भएको तथा ढोली खोलाको पुलमा १० लाख बरावरको क्षती भएको प्रारम्भिक आकलन गरिएको छ । यसैगरि ५ गाविसमा वालिएको विद्युत प्रसारण लाईनमा क्षती पु¥याएको छ । रामेछापतर्फ लगिएको विद्युत प्रसारण लाईन भने मर्मत गरिसकिएको विद्युत प्राधिकरण दोलखाका गोपाल खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार बाढीका कारण विद्युत लाईनमा १५ लाख रुपैंया बराबरको क्षती पुगेको छ ।
वाढीका कारण स्थानीय स्तरमा खानेपानी वितरण गरिएको १ हजार ७ सय मिटर पाईप वगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्द्रदेव महतोले जानकारी दिनुभयो । पाईप तथा अन्य संरचना निर्माण गर्नका लागि २ लाख ८४ हजार रुपैंया खर्च हुने जानकारी दिनुभयो ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको अध्यक्षतामा संम्पन्न बैठकमा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुले आफ्नो विषयगत कार्यालयले वाढीपहिरोले गरेको क्षतीका वारेमा जानकारी गराएका थिए । बैठकले यसअघि विभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएका व्यक्तिका परिवारहरुलाई आर्थिक सहयोगका लागि दैवी प्रकोप केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment