Thursday, May 9, 2013

ममतामयी आमा




दिपक बस्नेत

आराम रहि आरामको कामना त कसरि गरौं म । तपाईलाई त्यहाँ दुखको दुखै छ । म पनि यहाँ काहाँ सन्तोषले बसेको छु र । यस्तै छ हामी गरिव देशका गरिव छोराछोरी र आमाहरुको । आमा, गरिव देशका हामी कतिपय छोराछारी गरिव भएपनि धेरै धनी पनि छन यहाँ । अकुद सम्पति कमाएका छन् । त्यो पनि आफ्नो परिश्रमले होइन आमा भ्रष्टचार गरेर, लाखौ गरिवका छोराछोरीको हत्य गरेर, गरिव जनताको रगत चुसेर । नेपाली आमामाथि अनैतिक काम गरेर । गुण्डा गर्दि र दादागिरि गरेर । धन र सम्पतिको लागि यहाँ आफ्नै आमाको ज्यान लिनेहरुपनि धेरै छन् र तिनै छोराछोरीहरु अहिले मोज गरिरहेका छन । 



आमा, अहिले २१ औं शताव्दि रे । हरेक आमाका छोराछोरी बाठा भएका छन् रे, आधुनिक जमाना रे । हो रहेछ आमा, जमाना फरक भएछ । पहिले पहिले हरेक आमाले सम्मान पाउँथे अहिले पाउँदैनन् । जति माया ममता आमाले छोराछोरी माथि गर्थिन छोराछोरीले पनि गर्थे रे । तर अहिले त्यस्तो छैन शिक्षित छोरा छोरीका आमाहरु छोराछोरी देखि टाढा हुनुपरेको छ । सँगै नभएका छोराछोरीको त कुरै छढौं सँगै भएका छोराछारीका आमाहरु बृढा आश्रममा आश्रय लिइरहेका छन अनी आफ्नो मृतुलाई पर्खिरहेका छन् । छोराछारीलाई आमाको सेवा गर्ने समय छैन । उनीहरु ब्यस्त छन् । उता आमा भने छोराछोरीको पर्खाइमा तडपिरहेकी हुन्छिन । कति आमाहरुका सन्तान हराएका छन् । काख रित्तिएका छन् । कति आमाहरु आफ्नो सन्तानको पर्खाइमा छन् । कति छोराछोरी आमा विहिन भएका छन् । सच्चै, आमा विनाको यो सन्सार कस्तो हुन्छ एउटा सन्तानको लागि त्यो भोग्नेलाई मात्र थाह छ । हो आमा तपाई सच्चै माहान हुनुहुन्छ । तपाईको काखनै लाख हुन्छ एउटा सन्तानको लागि । आमा भन्ने गरिन्थ्यो अव देशमा शान्ति आयो । गणतन्त्र आयो । जनताले शासन गर्न पाउने भए । सर्यौ तपाई आमाहरुको काख रित्तियो, सयौं छोरा छारीले आमा गुमाए । कत्ति सहिद भए कत्तिका अझैं घाउहरु जस्ताको तस्तै छ । त्यति ठूलो बलिदान पछि आएको गणतन्त्रमा पनि हामी गरिवहरुको लागि केहि परिर्वन भएन । 
आमा, यहाँको के कुरा गर्नु महङ्गिले आकास छोएको छ । रातोदिन पसिना बगाउँदा पनि छाक टार्न गारो छ । सरकार पनि स्थीर छैन । राजनिति गर्ने नेता असफल भएर सत्ता पनि गैररानितिक व्यत्तित्वलाई सुम्पेका छन् । दिन दिनै धेरै छोरीहरु बलत्कार हुन्छन् । धेरै छोराहरु अपहरणमा पर्दछन् । कोहि जालि फटाहाको फन्दामा पर्दछन् । कोहि अकालमा ज्यान गुमाउँन बाध्य छन् । भ्रष्ट्रचारि र ज्यानमाराहरु खुलेआम हिड्छन । यहाँ सुरक्षा छैन । जनताको करले पालिका सुरक्षा कर्मिहरु राजनितिले गर्दा निकम्मा भएका छन् । राम्रो र इमान्दारिका साथ काम गर्नेहरु कारबाहिमा पर्दछन् । फटाहाहरुको फन्दामा पर्दछन् । जो भ्रष्ट्रछन उनीहरुले प्रश्रय पाउँछन् । उनीहरु ठुलो पोष्टमा पुग्दछन् । शिक्षित बेरोजगारहरु बढिरहेका छन् । युवा जनशक्ति पलायन हुदैछन् । गरिवहरु झन गरिव हुदैछन् । आमा हाम्रो गाउँका तन्लो घरका काका पनि गरिवीको कारणले विदेश जानुभएको थियो । उहाँको  केहिमहिना पछि लाश आयो । हजुर आमा बेहोस हुनुभयो बल्ल तल्ल होसमा आउनु भयो । सहुको रिन लिएर गएका ति काकाको त उठिबास हुने भयो आमा । गरिबको लागि न औषधि छ । न पढ्नको लागि राम्रो व्यवस्था छ । न सामान्य अधिकार पनि पाउँन सकेका छन । समय परिर्वतन भएको छ हुनेखाने र बाठाटाठाको लागि मात्र हुनेखाने बाठाटाठाको लागि मात्र आमा । 

आमा आजलाई यति नै आगिमि दिनमा पनि लेख्ने नै छु । विदा
उहि तपाईको छोरा

No comments:

Post a Comment