Thursday, August 22, 2013

गाईजात्र पर्व धुमधाम मनाइदै



दिपक बस्नेत  


गाईजात्रा पर्व, वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ ।
हिन्दुधर्म अनुसार गाईजात्रा पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाइन्छ। गरुड पुराणमा उल्लेख भए अनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख छ । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।


काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ भाद्र कृष्ण प्रतिपदादेखि आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । दोलखामा पनि गाइजात्रा पर्व बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । ऐतिहासीक दोलखा बजार र सदरमुकाम चरिकोटमा विभिन्न प्रहसन, वेठी नाच लगायतका नाच देखाउदै गाइजात्रा पर्व मनाईएको छ । पर्वको अवसरमा दोलखा युनाईटेट क्लव र नेपाल इन्सीच्युट अफ म्युजिक एण्ड फाइन आर्टस निम्फा दोलखाले संयुक्तरुपमा  ¥यालीको  आयोजना गरेका छन् भने लालीगुरास युवा क्लब  लगायत विभिन्न व्यक्तिहरुले प्रहसन देखाएका छन् । एवान पार्टी प्यालेसमा पनि शब्द व्याण्डले गाइजात्रा विशेष कार्यक्रम सञ्चालन गरेको छ ।  गाईजात्राको अवसरमा रेडियो शैलुङले पनि दिउँसो २ बजे देखि ५ बजेसम्म गाईजात्रा बिशेस कार्यक्रम सञ्चालन गरेको थियो । 
गाईजात्रा पर्व ओखलढुंगामा पनि धुमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदाका दिन वर्षभरि मृत्यु भएका आफन्तहरुको सम्झनामा यो पर्व मनाउने प्रचलन चल्दै आएको छ ।  
ओखलढुंगा सदरमुकाममा रहेको जनहित गुठि र पारस्पारिक गुठीले आ–आफ्नो बजार क्षेत्रमा परम्पराअनुसार पर्व मनाएका छन् । विषेश गरी नेवार समुदायमा बसोबास गर्नेहरुले हर्षोल्लासका साथ झाँकी बाजागाजासहित बिहानैदेखि बजारमा मनोरञ्जनात्मक विभिन्न प्रस्तुतिहरुसमेत देखाएका थिए । वर्षभरि मृत्यु भएका आफन्तहरुको सम्झनामा मनाइने यो पर्वमा उनीहरुको आत्माको शान्तिका लागि परिवारले एक सदस्यलाई गाईको भेषमा नगर परिक्रमा गराइने परम्परा रहेको छ । पछिल्लो समयमा गाईजात्रालाई विकृति विसङ्गतिविरुद्ध व्यङ्ग्य गर्ने अवसरका रूपमा पनि लिने गरिएकाले आपूmहरू पनि यो पर्वको संरक्षणमा जुटिरहेको जनहित गुठीका सदस्य सूर्यबहादुर श्रेष्ठले बताउनुभयो । काभ्रेको बनेपामा पनि नेवार समुदायले गाईजात्रा पर्व मनाइरहेका छन् । गाईजात्रामा वर्र्षभरी दिवंगत भएका आफन्तको आत्माले मुक्ति पाओस् भनेर कामनासहित गाईको अनुहार र गणेशको चित्र अङ्कित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ । 

यसो गर्दा मृत आफन्तले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । सहरमा गाई पाल्नेहरुले भने साँच्चिकै गाइलाई सिंगारेर नगर परिक्रमा गर्छन भने केहिले जोगीको भेष धारण गरि रंगी बिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन पनि रहेको छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ । बनेपामा पनि नेवार समुदायको बाहुल्य रहेकोले गाईजात्रा पर्व मनाउने गरिन्छ । कलाकारहरुले भने मुलुकको राजनीति तथा सामाजिक विकृति बिसङ्गति प्रति व्यङ्ग्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम गरिरहेका छन् ।

No comments:

Post a Comment