सेना परिचालन गर्नु आफैलाई कमजोर ठानेको माओवादी नेता बादलको भनाई
दिपक बस्नेत
नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले सेना परिचालन गरेर
हुने निर्वाचनले जनताको संविधान निमार्णमा सहयोग नपुग्ने भएकोले आफुहरुले त्यसको
शसक्त बहिष्कार गर्ने बताउनु भएको छ ।
राष्ट्रिय युवा जनस्वयमसेवक दोलखाले आयोजना गरेको मार्चपास
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै महासचिव थापाले आफुहरु गोलिखान तयार रहेको तर कुनै
पनि हालतमा स्वदेशी दलाल तथा विदेशी प्रतिकृयावादी शक्तिसंग आत्मसर्मपण नगर्ने
बताउनु भयो ।
महासचिव थापाले नेपाली शासकहरुले नयाँ तरीकाले जनतालाई शोषण गर्न
दलहरुको सरकारको सट्टा निर्दलिय कर्मचारीकोे सरकार रोजेको उल्लेख गर्नुहुदै
वर्तमान सरकारले गराउने निर्वाचनले जनताको मुक्ति हुने नयाँ संविधान निर्माण संभव
नहुने बताउनु भयो । उहाँले दलहरुले जन चाहना अनुसारको नयाँ संविधान निर्माण गर्न
चाहेका हुन भने गोलमेच सम्मेलनबाट राजनीतिक दल, नागरिक समाज लगायतको प्रतिनिधित्व हुने सरकार निर्माण गरी
निर्वाचनमा जानु पर्ने बताउनु भयो ।
महासचिव थापाले सेना परिचालन गरी निर्वाचनको नाटक गरेर मुलुकलाई
सिकिमिकरण गर्ने प्रयास भै रहेको उल्लेख गर्नुहुदै यस्तो अवस्थामा सबै आस्था र
बिचारका देशभक्तहरुको एकता आवश्यक रहेको बताउनु भयो । उहाँले जनताले ठूलो अपेक्षा
गरेको तत्कालीन माओवादीले दुई तिहाई बहुमत ल्याएर पनि विदेशीको इसारामा रातको
बाह्र बजे संविधानसभा विगठन गरी जनतालाई धोका दिएको आरोप लगाउनु भयो । थापाले
भन्नु भयो– भएको संविधानसभा विगठन गर्ने
एकिकृत माओवादीलाई निर्वाचन जसरी पनि हुनुपर्छ भनेर ओकालत गर्दै हिड्न सुहाउदैन ।
नेकपा माओवादी दोलखाका इन्चार्ज पूर्णबहादुर खड्काको सभापतित्वमा
भएके कार्यक्रममा पार्टीका सल्लाहकार सदस्य बिष्णुहरी नेपाल रेडफन्टका बरिष्ठ
सम्पादक आईरिस नागरिक पिटर, जिल्ला सेक्रेटरी प्रेम दनार्ल र सहसेक्रेटरी सञ्जीव नेपालीले
मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादी दोलखाका
सचिवालय सदस्य किरण दहाल र ज्वाला उक्त पार्टी परित्या गरी नेकपा माओवादीमा प्रवेश
गर्नु भएको थियो ।
देशलाई सिकिम बनाउन खोज्ने भारतीय
बिस्तारबादका नाईकेलाई नेपाली जनताले प्रतिकार गर्ने छन उहाँले भन्नु भयो बिदेशी
एक सचिवको आदेशमा मंसिर ४ मा गर्ने भनिएको निर्वाचन पञ्चेहरुले निर्दलीय ब्यवस्था
अपरिबर्तनीय भने झैं परिवर्तन गर्न नमिल्ने भनिरहेकाछन । दुश्मनको धम्की र स्यालहुँया बाट देशभक्त र अग्रगामीहरु झुक्ने छैन
,भोट हाईन दलालहरलाई चोट दिन तयार छन महासचिव थापाको दाबि थियोे । संविद्यान सभाको राष्ट्रघाती , जनविरोधी तथा प्रतिगामी दोस्रो निर्वाचन बहिष्कार गरौ, नयाँ जनआन्दोलनका बीचबाट जनताको संघिय गणतान्त्रीक संविद्यान
बनाऔ.भन्ने उद्धोषका साथ करिब एक हजार युवाले मार्चपास गरेका छन । मार्च पासमा
उनीहरुले एक बुथ दुई बम भन्दै चर्का नारा लगाएकाछन । ¥यालीले सदमुकाम चरिकोटको परिक्रमा गरि सातदोबाटेका आई कोण सभा
गरेका छन ।
No comments:
Post a Comment