दिपक बस्नेत
जनताका प्रिय नेता मनमोहन अधिकारी ! ! !
आज भन्न मन लाग्छ ! जनताको प्रिय नेता मनमोहन अधिकारीको स्थान कस्ले लिनेहोला ? विषेश गरि बृद्धा बृद्धाले सम्झने नेता । मैले अहिले सम्म पढेका, देखेका र बुझेका नेता मनमोहन अधिकारी जस्ता नेता अहिले सम्म कोहि हुनसकेनन । हुदैनन पनि । एउटा असल, इमान्दार, देशप्रति चिन्तित, राष्ट्रिय स्वभिमान प्रति प्रतिवद्ध नेताको रुपमा लिन्छु मैले । हुन त मैले उहासँग बसेर उठबस गरेको होइन । जतिबेला मेरो दिमागमा राजनितिक नेताहरुकोबारेमा पढ्दा, बुझ्दा र टाढैबाट नियल्दा यस्तो लाग्छ मलाई । उहाँ साच्चै जनताका नेता थिए । कुनै दिन मौका मिलेछ भने स्वर्गिय नेता विषेश्वर प्रसाद कोरालाको बारेमा मैले पढेका पुस्तक, उहाँको जीवनिको बारेमा पनि लेख्नेछु ।
मैले पत्रपत्रिमा पढेको थिए । नेपालमा राणविरोधि आन्दोलनमा, २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिएका नेता हुन मनमोहन अधिकारी । नेपालका कम्युनिष्टहरु गुठउपगुठमा विभाजन हुने परम्परा जस्तै छ । पहिले देखिनै यस्तै हुदै आएको छ । उहाँले आफुले नेतृत्व गरेको नेकपा (माक्सबादी) र मदन भण्डारीले नेतृत्व गरेको माले विच एकिकरण गरी नेकपा एमाले बनाउन महत्वपुर्ण भुमिका खेल्नु भएको थियो । नेतृत्व आफैंले गर्नुभएको थियो । एकिकारण पछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा २०५ सिट मध्ये ८९ सिट ल्यएर नेकपा एमाले सवैभन्दा ठूलो पार्टि बन्यो संसदमा । ठूलो पार्टिको हैसियतले सरकारको नेतृत्व मनमोहन अधिकारीले गरेका थिए । उहाँ नेपालको इतिहासमा पहिलो कम्युनिष्ट प्रधानमन्त्रि बन्नु भयो । अधिकारीको नेतृत्वमा बनेको सरकारले मात्र नौ महिना शासन गर्न पायो तर त्यो सरकार अहिले सम्मकै लोकपृय सरकारको रुपमा रयो ।
नेकपा एमालेका तत्कालिन अध्यक्ष तथा नेपालको इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्रि मनमोहन अधिकारीको १४ औं स्मृति दिवस नकपा एमालेले मनाएको थियो । सानेपामा रहेको मनमोहन स्मृति प्रतिष्ठानमा चियापान कार्यक्रमको आयोजना गरेर उहाँको सालिकमा माल्यापर्ण ग¥यो ।
भनिन्छ, स्वभिमान, राष्ट्रिय स्वार्थप्रतिको प्रतिवद्धता, लोकतन्त्र माथिको निरन्तर आस्था, जिवनका प्रमुख मान्यता थिए अधिकारिका । जनताले सुसासन पाउन, जनताको समस्याको समधान होस्, अन्तराष्ट्रियरुपमा नेपालको प्रतिष्ठा बनोस भन्ने कुरामा बढि ध्यान दिनुहुन्थ्यो अधिकारी । राधाजीवन उच्च विचर थियो उहाँमा । त्यस्तैमा जीवन वितउनु भयो ।
नेपाली कम्युनिष्ठ आन्दोलनका अग्रणी व्यक्तित्व मनमोहन अधिकारीको १४ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठान दोलखाले विचार गोष्ठिको आयोजना गरेको छ ।
कार्यक्रममा एमाले दोलखाका सचिव भरत दुलालले “राष्ट्र निर्माणमा मनमोहन अधिकारीका वैचारिक र कार्यक्रमिक योगदान ”विषयक अबधारण पत्र प्रस्तुत गर्नुभएको थियो ।
अबधारणा पत्रमा नेपालका पहिलो कम्युनिष्ठ प्रधानमन्त्री अधिकारीले आफ्नो कार्यकालमा गर्नुभएका लोकप्रिय कार्यक्रमहरु आफ्नो गाँउ आफैं बनाउँ, सामाजिक सुरक्षा भत्ताको व्यवस्था, गाउँगाउँमा सहकारी घरघरमा रोेजगारी लगायत उहाँले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय राजनितिमा पु¥याएको योगदानका बारेमा चर्चा गरिएको थियो ।
मनमोहन स्मृति प्रतिष्ठान दोलखाका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता तथा जिविस दोलखाका पुर्वसभापति लालकुमार केसी, एमाले दोलखाका पुर्वअध्यक्ष पार्वत गुरुङ, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य चोकबहादुर दहाल, एमाले नेता लालकुमार केसी, दोलखाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, स्थानिय विकास अधिकारी टुवराज पोखरेल, पत्रकार महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धर, एकिकृत माओवादी दोलखाका नेता विशाल खड्का, नेपाली कांग्रेस दोलखाका इश्वर मानन्धर, मदन भण्डारी फाउण्डेसनका प्रतिनिधि भरत केसी, बुद्दिमान स्मृति प्रतिष्ठानका प्रतिनिधि हिरा थोकर, रामबहादुर प्रतिष्ठानका प्रतिनिधि कर्मध्वज तामाङ लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा भर्खरै नवनिर्वाचित दोलखा एमालेका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना समेत दिएको थियो ।
rjdipak.basnet@gmail.come
No comments:
Post a Comment