·
दिपक बस्नेत
मेरो गाउँका ठुल्लदाईले लोकतन्त्रबाट
के पाए ??
आज विक्रम
संबत २०७० बैशाख ११ गते लोकतन्त्र प्राप्तिको सतौं बर्षको दिन ! अघिल्लो बर्षहरुमा
झैं सरकारि तर्फबाट कुनै किसिमको कार्यक्रम भएको पाइएन यस बर्ष । २०६२÷६३ को महान ऐतिहासिक १९ दिने
जनआन्दोलनले प्राप्त गरेको लोाकतन्त्र दिवस यसरि सात बर्षको बालकैमा अपहेलित भएकै
हो त ? अव आउने
बर्षहरुमा लोकतन्त्र प्राप्तिको दिन भनेर सम्झना पनि नहुने हो कि?
चैत्र बैशाखको
चर्को घाममा लोकतन्त्रको लागि नारा घन्काएर हिडेको अहिले पनि मलाई आजै जस्तो लाग्छ
। तर आजको दिन मलाई एकदम दुख लागेको छ । सरकारि तर्फबाट कुनै त्योस्तो विशेष
कार्यक्रम नभएकोमा । मात्र भयो कार्यलयहरु बिदा दिने अनि कर्मचारिहरु आराम गर्ने
काम ।
हुन त गरिव
जनताले लोकतन्त्रको कुनै राहातको अनुभव गर्न पाएका छैनन् । मैले आजकै दिनको
संझनामा मेरो गाउँको एक जना ठुल्लदाई सँग कुरा गरेको थिएँ दाई आज त लोकतन्त्र आएको दिन उहाँ भन्दै
हुनुहुन्थ्यो । होला मलाई थाहा भएन मेरो दुख मैसँग छ । म जस्ता मानिसका लागि
लोकतन्त्रले के ग¥यो मात्र महङ्गि दियो, असान्ति जन्मायो ।
लेख्न पढ्न नजान्ने औठा छापहरु संविधान बनाउँछौ भनेर गए । मात्र आफ्नै हितका लागि
काम गरे आफ्नो भविष्य बलियो बनाए शाखा सन्तानलाई पुग्ने नाजायज सम्पति कमाए ।
काठमाडौमा महल बनाए । जग्गा जोडे आफ्नै छोरा छोरी विदेश पठाए । भ्रष्टचारि बने, विभिन्न गैरकानुनि
काममा लागे, हामीलाई के
दिए । संविधान दिन्छन भन्ने आशा थियो त्यो पनि दिएनन् । यस्ताहरुको के कुरा गर्नु
। हामीलाई त मात्र महङ्गि दिए । गरिव जनताको ढाड सेक्ने काम गरे । न म जस्ता
गरिवको लागि रोजगारिको व्यबस्ता गरे । न संविधान बनाए । न हामी गरिव जनताले
राहातको कुनै अनुभाव गर्न पाएका छौ । यस्तो लोकतन्त्र के लोकतन्त्र उहाँको गुनासो
अझ धेरै थियो । उहाँ मन दुखाउँदै हुनुहुन्थ्यो । लोकतन्त्रको नारा लगाउँदा धेरैको
मनमा थियो । भ्रष्टचारको अन्त्य होला । अनेमिता र कुशासनको अन्त्य होला । खोजे र
रोज जस्तो शासन व्यवस्था आउला । छिट्टै संविधान बन्ला राजनितिक अस्तिरका हट्ला
भन्ने लागेको थियो । राजनितिक दलहरुले पनि यस्तै सपना बाँडे नेपाली जनतालाई । हामी पहिला जस्तो हुदैनौ । अव सुधिन्छौं, सत्ताको लागि
मरिहत्ते गदैनौ भनेर कसम पनि खाए । नेताहरुको आश्रवसन प्रतिबद्धता र आम नेपाली
जनताको सक्रियतामा मुलुकमा जन आन्दोलन भयो । जनआन्दोलनको बलबाट लोकतन्त्र स्थापना
भयो । लोकतन्त्रले प्रजातन्त्रको स्थापनाका साथै त्यो भन्दा उच्चस्तरको गणतन्त्रकै
स्थापना ग¥यो ।
जनताको चहाना अनुसार मुलुकै इतिहासमा पहिलो चोटि संविधान सभाको चुनाव भयो । तर
विडम्वना संविधान बन्न सकेन । दोष कस्को ? यो दोष नेपाली जनताकै हो त ?
लोकतन्त्र
दिवसको सातौं बषमा प्रबेस गर्दा, देशमा गणतन्त्र आयो के पाए नेपाली जनताले ? भनेर प्रश्न गर्न
थालेका छन् । महङ्गि, भ्रष्टचार, बेरोजगारि, अशान्ति, अराजकता उस्तै छ ।
दैशमा एक से एक नेता र दल छन् । गणतन्त्र छ तर सर्वसाधारण जनताको लागि साधारण
तरिकाले दैनिकि चलाउने सामान्य समानको अभाव छ । देश लुट्ने लुटेराहरुले लुटिरहेका
छन् । गुण्डा गर्दि, चोर
फटाहाहरुले प्रसय र स्थान पाइरहेका छन् । अपहण दिनदिनै बढिरहेको छ अशान्ति कायमै छ
। दलहरु धमाधम खोल्दै छन् । नेताहरु फोस्रा भाषाण मात्र दिइ रहेका छन् । के नेपाली
जनताले चाहेको लोकतन्त्र यहि हो र? के मेरो गाउँको ठुल्लदाईले लोकतन्त्रमा पाउने चिज यी नै
हुन?
अन्तमा
नेपाली जनताको भाबना र चहाना अनुसार संविधान निर्माण गर्नु , राजनितिक स्थिरता, सुशासन कायम गर्नु,
भ्रष्टचारको अन्त्य र बिकास निर्माणको कामले गतिलिन सकेमा अनि
ति ठुल्लदाईको भावना र चाहानालाई परिपुर्ति गर्न सक्ने भएमा मात्र गणतन्त्र र लोकतन्त्रको बनस्तविक अनुभुति हुन्छ
।
No comments:
Post a Comment