दिपक बस्नेत
दोलखामा पहिलो पार्टि एमाले नै हो ?
भोटर त यति हुन जस्तो छ !
नेकपा
एमाले दोलखाको आठौं जिल्ला अधिसबेसन भव्याताका साथ सम्पन्न भएको आयोजकले बताएको छ । आठौं जिल्ला अधिबेसन
सम्पन्न गर्नका लागी निक्कै मिहिनेत र परिश्रम गरिएको थियो । जिल्ला एमाले दोलखाले
अधिबेसन सम्पन्न गर्नको लागि कुनै कसरत बाँकी नराखेको बताइएको छ । करिव १५ दिन
अगाडि देखि दोलखामा संचालित रेडियोहरुमा प्रचार प्रसारका समाग्री प्रसस्तै सुनिएको
थियो । एमाले दोलखाले जिल्ला अधिबेसनको लागि प्रचार गीत समेत तयार परेको थियो ।
भित्ते लेखन र प्रर्चा पम्पेट त्यति धेरै नदेखिए पनि प्रचार समाग्री भने गौरिशंकर
केवल टिभिमा समेत प्रसस्त सुनिएको थियो ।
अधिबेसन
उद्घाटनको पहिलो दिन दोलखाको सदरमुकाम चरिकोट बजार पुरै एमाले माय भएको थियो ।
यतायतका साधनहरु अस्तव्यस्त देखिएका थिए । गाउँ गाउँबाट आएका हरेक बसको छतमा एमाले
कार्यकर्ताले नारा घन्काइरहेका थिए भने
गाडीहरुपनि प्रया रातम्य देखिन्र्थे। जिल्ला ट्राफिक कार्यलयले बसको छतमा
यत्रा गर्न नपाइने नियम लगाएपनि त्यसदिन सवै गाडी र यत्रिहरुलाई छुट थियो । नत
ड्रभरको लाइसेन्स खोसिने डर नत यत्रुलाई छतबाट ओर्लनु पर्ने झनझट सवैलाई आनन्द
भइरहेको थियो । डियुटिमा खटिएका ट्रफिकहरुलाई पनि आनन्द भएको थियो । सदरमुकाम
चरिकोटको सतादोवाटोबाट सुरु भएको विशाल ¥याली पार्टीखोला, टुडिखेल पुन
सातदोबाटो हुदै कालिञ्चोक उच्च मावीको प्राङगणमा पुगी सभामा परिणत भएको थियो । ¥यालिमा सहभागि
जनसागरलाई देखेर कतिपय विपक्षहरु एकआपसमा कुरा गरिरहेका थिए “कतै एमालेका भोटर सवै
यहि आएका त होइनन् ?? भोटर त यति
हुन जस्तो छ” भन्नेहरु
पनि भेटिए भने कतिचाँहि “दोलखामा
पहिलो पार्टि एमाले नै हो”
।
¥यालिमा सहभागि
कार्यकर्ताहरुले आ–आफ्नो
जातीको भेषभुषा र झाँकि समेत प्रर्दसन गरेका थिए ।
जब ¥यालि कालिञ्चोक
उच्चमाविको प्रङ्गणमा पुगेर सभामा परिणत भयो । नेकपा एमालेको भगिनि संगठन
युथफोर्सले स्वयमसेवाको जिम्मेवारी पाएको थियो । उस्ले आफ्नो कर्तव्य निवाह गर्न
भरपुर प्रयास गरिरहेको थियो । सभामा उपस्थित एमाले कार्यकर्ता, सुभेक्छुक, सुभचिन्त पत्रकार,कलाकार लगाएत
बिभिन्न क्षेत्रका विशिष्ट माहानुभावको उपस्थिति रहेको थियो । उपस्थित
माहानुभावहरुलाई नेकपा एमालेको आर्को भगिनि संगठन जनसंस्कृतिक महासंघ दोलखाका
पदाधिकारिहरुले स्वगत गीतबाट स्वागत गरेका थिए भने दोलखामा संचालित रेडियो शैलङ्ग
समुदायिक एफएम १०४ मेगाहर्ज र हिमाली रेडियो जिरीले प्रत्यक्ष प्रसाण गरेका थिए
।
उद्घाटन
सत्रकका प्रमुख अतिथी नेकपा एमालेका प्रभावशाली नेता एवंम पुर्व उपप्रधान मन्त्रि
केपी शर्मा ओलीले वर्तमान अवस्थाबाट देशलाई निकास दिनको लागी नेकपा एमालेमात्र
सक्षम रहेको दावी गरे । अधिवेशनको उद्धघाटन सत्रमा नेता ओलीले ‘राणाशासन, पञ्चायती व्यवस्था
र निरकुश राजतन्त्रसंग लडदै मुलुकलाई लोकतान्त्रिक अवस्था सम्म ल्याउन भुमिका
खेलेका, माओवादीलाई
विगत देखी ठेगान लगाएर उसलाई शान्ती प्रक्रियामा ल्याएको र आगामी दिनमा पनि
ल्याउन सक्ने भएकाले देशलाई निकास दिनको लागी एमाले मात्र सक्षम
रहेको’ उहाँको दाबी
थियो । पटक पटक गरी संविधान सभाको म्याद थप
गरेर अरर्वाै खर्च गरे पनि एकिकृत नेकपा माओवादीका कारण संविधान बन्न
नसकेको ओलीले बताए । नेता ओलीले ‘नेकपा एमालेले अबको संविधान सभाको चुनावमा विजय हासिल गदै प्रगतीशील संविधान लेख्न र लोकतान्त्रिक संविधान निर्माण गर्न सक्ने’ दावी गरे । संविधान बनाउन युवाहरुको भुमिका विशेष हुने
भन्दै युवाहरुलाई संविधान सभामा केन्द्रित हुन आग्रह गरेका थियो । मञ्चमा नेता
केपी ओली कहिले देशको समसामुहिक बिषयमा आफ्नो भनाई राख्दै थिए त कहिले राणा र
पञ्चायतको कुरा निकालेर एकिकृत नेकपा माओबादीलाई दाँज्दै थिए । उनको भाषण सुन्न
ओरिएका मानिस निकै चाख मानेर भाषण सुनिरहेका थिए । हुनपनि हो हरेक कार्यक्रममा
नेता ओलीको भाषण चाखलाग्दो हुन्छ । ओलीको टुक्का जोड्दै व्यङ्गग्य गर्ने शैलीले
होला सायद । नेता ओलीको भाषण रफ्तारमा चलिरहेको थियो अचानक मानिसहरु चलमलाउन थाले, उठेर यता उता डौडन
थाले, नेता
ओलीलाइ छाता ओडाइयो अनी उनले भाषणकै
क्रममा जोडिहाले “यो
भिमेश्वर खुसाएको क्षण हो”
।
हुन पनि हो एकै छिन आगाडी सम्म चर्को घाम लागेको थियो अचानक आकाश कालो भएर आयो अनी
बर्सिहाल्यो पानी । एकैछिन अगाडी भरिएको कालिञ्चोक उमाविको प्राङ्गण खालिजस्तै
देखियो । मानिसहरु तितरवितर भए । एकैछिनको तितरवितर पछि कार्यक्रम पुन सुरु भएको
थियो ।
एमाले
दोलखाका अध्यक्ष पार्वत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली, एमाले पोलिटब्युरो
सदस्य पशुपति चौलागाई, एमाले
केन्द्रिय सदस्यहरु अरुण नेपाल, महम्मद आलम, एमाले केन्द्रिय प्राकृतिक श्रोत व्यबस्थापन विभागका सचिव आनन्द प्रसाद पोखरेल, एमाले
काभ्रेपलाञ्चोकका अध्यक्ष गोकुल बास्कोटा, एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल, युवासंघ नेपालका
केन्द्रिय अध्यक्ष महेश बस्नेत लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
युवाहरुको प्रतिनिधित्व गर्ने युवा संघ नेपालका अध्यक्ष महेस बस्नेत भने एकिकृति
नेकपा माओबादी प्रति निकै आक्रमक तिरिकाले आफ्नो भाषणद्धरा आर्कषक बढाइरहेका थिए ।
आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा बस्नेतले दोलखाको दुवै सिट नेकपा एमालेले
जित्ने ठोकुवा गरे । उद्घाटन कार्यक्रममा एमाले दोलखाका पुर्व सचिवहरु क्रमश
एमालेका केन्द्रिय महासचिव इश्वर पोखरेल, एमाले अनुशासन आयोगका प्रमुख अमृत बोहोरा तथा एमालेका
नेताहरु शुरेस कार्की, माधव पौडेल, मिना थामी, बिमला थापा
लगायतलाई कार्यक्रमका प्रमुख अतिथि केपी शर्मा ओलीले सम्मानपत्रका साथमा दोसल्ला
ओढाएर सम्मान गरेका थियो । कार्यक्रममा पहिलो जिल्ला अधिबेसन सम्पन्न गर्न
उल्लेख्य सहयोग गरेको भन्दै घ्याङ्गसुकाठोकर निवासि दण्डकुमारी भण्डारीलाई समेत
सम्मान गरिएको थियो । ९३ बर्षिय भण्डारी एमाले दोलखाका नेता शिव भण्डारीका आमा हुन
। एमाले दोलखाको पहिलो जिल्ला अधिबेसन २०५४ सालमा घ्याङ्गसुकाठोकरमा भएको थियो ।
कार्यक्रमको
अबसरमा चलचित्रकर्मी डा.घनश्याम खतिवडा, दोलखाका कानुन व्यवसायी ललित दाहाल सहित नेपाली कांग्रेस, एकिकृत माओवादी
लगायत पार्टीका विभिन्न गाँउ तथा वडा कमिटीका नेता तथा कार्यकर्ताहरु गरी करिब ५
सय जना एमालेमा प्रवेश गरेका एमाले दोलखाले जनाएको छ । यता नेपाली काग्रेस दोलखा
जिल्ला कार्यसमितिले भने चलचित्रकर्मी डा घनश्याम खतिवडा नेपाली काग्रेससँग कुनै
पनि सम्वन्ध, सम्र्पक र
संगाठानिक हैसियतमा नरहेकको र कार्यक्रममा भने नेपाली काग्रेस परित्याग गरेको
भन्ने झुठो भएको आफ्नो प्रस–विज्ञप्तीमा उल्लेख गरेको छ । उता डा. घनश्याम खतिवडाले भने
विगतमा नेपाली काग्रेसमा रहेको जानकारि दिदै हाल काग्रेस परित्यग गरि नेकपा
एमालेमा प्रवेश गरेको बताएका थिए । उनको भनाई थियो “नेकपा एमालेको स्पष्ट बाटो भएकाले म नेकपा
एमालेमा प्रवेश गरेको हुँ”
।
“संघीय लोकतान्त्रिक
संविधानका लागि नयाँ निर्वाचन, सम्वृद्ध दोलखाका लागि नेकपा एमालेको आर्ठौ जिल्ला अधिबेसन” भन्ने मुल नारा
लिएरको अधिबेसनलाइ बुद्धिजिवि, राजनितिक दल, पत्रकार, सभेक्छुक, सुभचिन्तकहरुले विभिन्न तरिकाले विश्लेश्ण गरिरहेका थिए ।
सर्वसहमति द्धारा कार्यसमिति चयन गर्ने भनिएको बन्द सत्र चलिरहदा पदाधिकारि चयनमा
कुरा नमिलेको अभिव्यक्ति बाहिर नआएका भने होइन तर पनि अधिबेसनले सहमति गरेरै
छाड्यो र दोलखाली जनतामाझ नेकपा एमाले एक ढिक्क भएको सन्देश दिन सफल भयो । तिन
दिनको लामो प्रयत्न पछि अधिवेशनले अध्यक्षमा इश्वरचन्द्र पोखरेललाई सर्वसम्मत
रुपमा चयने ग¥यो भने
अध्यक्षका अर्का दावेदार नरबहादुर श्रेष्ठलाई उपाध्यक्षमा चयन ग¥यो । सचिवमा भरत
दुलाल र उप सचिवमा डबल पाण्डे रहेका छन् । भरत दुलाल अघिल्ललो कार्यकालमा पनि सचिव
नै थिए भने डबल पाण्डे सचिवालय सदस्य थिए । नेतृत्व सर्वसम्मत गर्न एमाले
पोलीटब्यूरो सदस्य पशुपति चौलागाई, एमाले नेताहरु आनन्दप्रसाद पोखरेल, लालकुमार केसी, शिवप्रसाद भण्डारी
र पूर्व अध्यक्ष पार्वत गुरुङले तिन दिन देखि प्रयत्न गरिरहनु भएको थियो । ५५ जना
निर्वाचित र १४ मनोनित गरी ६९ जनाको
जिल्ला कमिटी हुनेमा महिला,
जनजाति, नगरपालीका क्षेत्र
र बाँकी इलाकामा सर्वसम्मत चयन गरेको छ । अधिवेशनमा जिल्लाभरबाट ५ सय ९९ जना प्रतिनिधि तथा २ सय पर्यवेक्षक गरी करिब ८ सय
जनाको सहभागिता रहेको थियोे । अधिबेशन को बन्द सत्रले पारित गरेका विभिन्न २८
बुँदे समसामयीक महत्वका प्रस्ताबहरुका विषयमा समेत पत्रकार सम्मेलनमा जानकारी
दिएको थियो । स्थानीय निकायको तत्कालै निर्वाचन गर्नु पर्ने ,माथिल्लो तामाकोशी
जलबिधुत आयोजना निर्धारीत समयमानै सम्म्पन्न गर्नु पर्ने लगाएतका रहेका छन ।
समाबेशी, खुल्ला र
भुगोलको आधारमा चयन भएका पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष पशुपति
चौलागाईले पार्टीको पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । “संघिय लोकतान्त्रिक
गणतन्त्रात्मक संबिधानका लागी नयां निर्वाचन ,सम्वृद्ध दोलखाको लागी नेकपा एमालेको ८ औ जिल्ला अधिबेशन” भन्ने मुल नाराका
साथ दोलखाको सदरमुकाम चरिकोटमा भएको अधिबेशनले ६९ सदसीय कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । दोलखाको
उन्नति प्रगति होस, दोलखाली
जनता आर्थिक समृद्धिको बोटो तिर लाग्न सफल हुन, दोलखाली युवाले रोजगारिको लागि विदेसिनु नपरोस्, सुन्दर, शान्त दोलखा भनेर
देशविदेश चिनाउन सफल बनोस सम्पुर्ण पदाधिकारिलाई शुभकामना ।
No comments:
Post a Comment