Sunday, June 2, 2013

उहाँ भन्दै हुनुहुन्थ्यो । साँढेको जुधाइ बाच्छा को मिचाई ।

दिपक बस्नेत
आज मेरो सपना नराम्रो थियो । सपनाबाट विउँजिए पछि मलाई निद्रा नै लागेन । उठेर यसो विहानको स्वच्छ हावा लिनको लागि बाहिर निस्केको थिएँ ।
सडको किनारमा बसेर गए रातिको सपनाको बारेमा साच्दै थिए । एक जना अपरिचित व्यक्ति आएर मलाई सोध्नु भयो आज बान्द रे हो म झसङ्ग भए । ए हिजो तेत्र जात्रा भयो आज त बन्द नै भएछ । शंका त लागेको थियो । चेतावनी पनि सुनेको थिएँ । ति अपरिचले फेरी सोध्नु भयो । आज दोलखा बन्द रे हो ? उहाँ साह्रै आपतमा भए जस्तो देखिनु हुन्थ्यो । हिजो अवस्था हेर्दा चाँहि बन्द हुने जस्तो थियो । बन्द हो मैले ठोकुवाको साथ भनिदिएँ । के गर्नु हजुर साह्रै आपत प¥यो । आज ११ बजे भित्र काठ्माडौं पुग्नुपर्ने थियो । मैले हत्तनपत्त प्रश्न गरेँ के थियो त्यस्तो ? उहाँको उत्तर थियो । हिजो बेलुका दाईले फोन गर्नु भयो । आमाको अवस्था गम्भिर छ हस्पितलमा तँ जसरि भएपनि आइज । अब म काठ्माडौ जान सक्दिन । अन्य उपाय छ त तपाई सँग ? मैले प्रश्न गरे । के हुनु हजुर यहाँ गाडि भडा त पल्लो घरकि काकीसँग असारमा रोपाईमा आउँछु भनि कबुल गरेर लिएर हिँडेको । के गर्ने उहाँको शब्दले मलाई पनि भाव विवल नबनाएको होइन तर के गर्ने मेरो पनि उहाँलाई सहयोग गर्ने कुनै अवस्था थिएन । उहाँ भन्दै हुनुहुन्थ्यो । साँढेको जुधाइ बाच्छा को मिचाई । हामी जस्ता सर्वसाधारण नेपालिको कहिल्यै दिन आएन । हाम्रा् लागि सँधै दुखै दुख ।  

No comments:

Post a Comment