Sunday, April 28, 2013

कतै हामी संकटमा त छैनौ ?


दिपक बस्नेत
      
       भाषा संस्कृति, रितिरिवज, परम्परा, चार्डपव रहन सहन नेपाली समाजको एक महत्पुर्ण अंग हो । यस्ले नै नेपाललाई देश विदेशमा परिचित बनाएको छ । आफ्नै मौलिक भाषा र संस्कृति विनाको समुदाय अस्तित्व विहिन हुन्छ । हामी नेपालीहरु विच जात जाति, भाषा भाषी, धर्म र संस्कृति विभिधता भएपनि हामी सम्पुर्ण नेपाली एउटै हौ । हामी नेपालीमा एकता छ । नेपाल चार जात छत्तिस वर्णको साझा पूmलबारी हो । यसैले भाषा, संस्कृति, रहन सहन चालचलन, चार्डपवमा विविधता पाइन्छ । नेपाली भाषा संस्कृतिले नै हामी नेपालीलाई विभिन्न पूmलका थुँगाद्धारा एउटै मालमा गाँसेको छ वा उनेको छ । 

       लाग्छ यदि हाम्रो बेग्लै भाषा, संस्कृति, रहन सहन, चालचलन मौलिक पहिचान नहुदो हो त सायद कसैले नेपाली भनेर चिन्ने थिएनन् होला । यसैले हामी सवैले आ–आफ्नो भाषा र संस्कृतिको विकास गर्नु, चिनाउन मद्दत गर्नु, पहिचान हराउन नदिनु, संरक्षण र विकास गर्नु भनेको हाम्रो अस्तित्वको विकास हुनुहो वा नेपालको विकास हुनु हो । यो हरेक नेपालीको कर्तव्य हुन आउँछ । हामीले आफ्नो कर्तव्य पालन गर्नु नै हाम्रो हो । भाषा, संस्कृति, धर्म र कला प्रत्येक समुदायको प्रमुख आङ्ग हुन यी सम्पुर्ण अंगको संरक्षण र विकास भनेकै समुदायकै संरक्षण र विकास हुनु हो । यसमा भएको कमिकमजोरिले सम्पुर्ण समुदायलाई कमजोर बनाउन सहयो पु¥याउँछ । नेपालका हरेक समुदाय कमजोर हुनु भनेको नेपाल कमजोर हुनु हो । नेपाली जनता कमजोर हुनु हो । विकासका माध्यमहरु कमजोर हुनु हो यी सबै कमजोर हुनु भनेको नेपाल प्रति विदेशिले धावा बोल्नु हो । यसैले सबैले सचेत हुनु जरुरि छ । 
    धर्मले आत्माको पहिचाय दिन्छ, आत्माविश्वस बढाउँछ । संस्कृतिले हाम्रो मौलिकता दर्शाउँछ । भाषाले हाम्रो बैचारिक सम्वन्धलाई अरुसामु पु¥याउँछ । कलाले हाम्रो शिप, दक्षताको पहिचान गराउँछ । यसैले होला हामी नेपालीमा एकता छ । हामी नेपाली जहाँ पुगेपनि आफ्नो भाषा, संस्कृति, परम्परा, रितिरिवाज, चार्ड पर्व मनाउँ छौ । 
     झण्डै १०१ भन्दा बढि जातजाति भएको नेपाललाई हिन्दु धर्म र यसैमा आधारित संस्कृतिले आज सम्म एकतामा बाँधेर राखेको छ । आब हुने राज्य संरचना पछि विभिन्न प्रदेशमा लगिने नेपाललाई यहि धर्म र संस्कृतिले मात्र एकतामा बाँधेर राख्न सक्दछ । बेग्ला बेग्लै धर्म संस्कृतिले गर्दा नै नेपाल झनै सुन्दर छ । नेपालको संस्कृतिले नै नेपाललाई चिनाएको छ यसैलाई नै विश्वले खुव चाख मानेर हेरिरहेको छ । 
नेपाल धर्म निरपक्ष राष्ट्र घोषण भएको छ । त्यसपछिका दिनहरुमा भने हाम्रो एकता कमजोर हुन थालेको हो कि भन्ने प्रश्न हरेक नेपालीको मनमा उठ्न थालेको छ। आन्दोलन पनि भएका छन् । यदि यस्तो भएमा नेपालका लागी नराम्रो हुने छ र अहिले सम्म नसोचिएको परिस्थति निम्तन सक्छ । हरेक समुदायमा असहज परिस्थति निम्तनुका साथै नेपालको अस्तित्व नै धरापमा पर्ने सम्वभावना बढेर जान्छ । सवै जात जातिको धर्मसंस्कृति र चाडपर्वलाई समान किसिमको पहिचान र महत्व दिनु राज्यको  जिम्मेवारी हुन आउँछ । स्थानिय स्तरमा रहेका संस्कृति, रितिरिवान, चार्डपवलाई पनि ध्यान दिनु जरुरि छ । खालि राजधानिका चार्डपव र जात्रलाई मात्र ध्यान दिनुले स्थानिय निकायका चार्डपव, कला, संस्कृति, परम्परा, रितिरिवाज, जात्रा ओझेलमा पर्ने हुन कि ? 
      दोलखा जिल्लाको ऐतिहासिक दोलखा सहरमा बैशाख १२ गते देखि  मच्छिन्द्रनाथको रथ तान्ने जात्राको सुरु भएको छ । पिंगल देखि नक्छे टोलसम्म रथलाई पु¥याउनको लागि रथ तान्नेकाम भै रहेको स्थानियले बताएका छन् । रथ तान्न युवा युवती, बृद्ध, बालबालिकाको उत्साहजनक रुपमा सहभागिता रहेको थियो । 
प्रत्येक बर्ष कृष्ण पक्ष देखि नौ दिनसम्म प्रर्दशन गरीने मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखा सहरको बिभिन्न टोलमा पु¥याईने प्रचलन रहेको छ । मल्ल कालिन सभ्यताको रुपमा तत्कालिन मल्ल राजा जय वासुदेवले सुरु गरेको यो जात्रा विविध कारणले बन्द भै चौध बर्ष पछि २०५५ सालबाट कालिञ्चोक युवा क्लबको सक्रियतामा प्रर्दशन सुरु गरीएको थियोे । मल्ल राजा जय वासुदेवले कहिले देखि यो जात्रा सुरु गरे भन्ने प्रमाण नभए पनि ने.स. ७०१ ( वि. सं. १६३८ ) मा वंभु वहालका भिक्षु श्री जय जीवराज, जितपारज्यु, देवसिंह र केरंकुटुं रामसिंहले सुनको प्रभा र हृदयसिंह बाबुले सुनको छत्र दोलखाको अवलोकितेश्वर श्री ३ आर्यवलोकितेश्वर भट्टारक सम्बोधन गरी चढाएको प्रमाण भेटीएकोले यो जात्रा त्यतिबेला भन्दा अघि देखिनै सुरु भएको अनुमान गर्न सकिन्छ । मछिन्द्र नाथको रथ तान्ने जात्रा मनाइयो भने योग व्यघि नलाग्ने, सुख्खा यामममा पानी पर्ने विश्वस रहदै आएको छ । 


No comments:

Post a Comment