दिपक बस्नेत
सन्चै होला हैन, म त जेनतेन बाचिरहेको छु । मेरो त के कुरा गनु देशको हालत त खराव छ । तपाई तराईको म पहाडको तपाईको बाल्य अवस्था त कस्तो वित्यो थाहा भएन । हाम्रो भेटमा हामीले कहिल्यै पनि बाल्यअवस्थाको बारेमा कुरा गरेनौ । आज भने म तपाई समक्ष केहि कुरा खोल्न चाहान्छु । साथी रबि, म जन्मेको ३ बर्षको उमेरमा मेरो आमाले यो संसार छाडेर जानु भएछ । बाँकि म, मेरा एक दाई, भाउजु र बुबा । आमाको मृत्यु पछि दाई भाउजु भिन्दै बस्नु भएछ । त्यसपछि मेरो बुबाले अर्की आमा विहे गर्नु भएछ । जस्ले जे भनेपनि सौतिनि आमाले दिने पिडा पक्का तपाईलाई थाहा छैन ।
त्यो मलाई थाहा छ । म जस्ता धेरैलाई थाहा होला । प्रश्न गर्नु होला दाई भाउजु हुुनुहुन्थ्यो नि ? पक्का पनि हो । उहाँहरु पनि हुनुहुन्थ्यो तर उहाँहरुको बारेमा केहि भन्न चाहन्न ताकि मेरो सानिआमाले मलाई दिएको पिडा उहाँहरु टुलु टुलु हेरिरहनु हुन्थ्यो । यति कुरा गरे पछि तपाईले पक्का पनि धेरै कुरा बुझ्नु भयो होला । किन नबुझ्नु हैन ? तपाई म भन्दा धेरै चलाख हुनुहुन्थ्यो क्यम्पसमा ।
हाल मेरो बुबाको पनि मृत्यो भयो म उहाँको बर्षदिने तिथिमा छु । बुझ्नु भयो नि । भनाइको मतलव मैले धेरै कुरा बारेको छु । यहाँ भन्दा अगाडिको कुरा गर्न बाँकि नै छ । तपाईलाई पढ्दा पनि दिक्क लागिसक्यो होला हैन ? हुन पनि हो तपाईको बारेमा मैले केहि सोधेको छैन । के गर्दै हुनुहुन्छ आजभोलि तपाई सँग छुटिएको पनि ४ बर्ष भएछ । जिन्दगिमा धेरै आरोह अवरोह आए होलान । देशले त धेरै उतव चढाव खेपेको छ । मुख्या कुरा त संविधान आएन । जव संविधानको चुनाव सकियो त्यति बेला उत्साह उमङ्ग थियो नेपाली जनतामा । देशमा शान्ति छाउँछ । हरेक नेपाली लाई संबोधन हुने संविधान बन्छ । देशमा आर्थिक उन्नति हुन्छ । भ्रष्टचार रहित शसन ब्यवस्था बन्छ । भ्रष्ट्रचार गर्नेलाई कडा भन्दा कडा कारबाहि हुन्छ । दण्डहिनताको अन्त हुन्छ । प्रत्येक नेपालीले न्याय पाउँछन, न्यायको लागि भौतारिनु पर्दैन । प्रत्येक नागरिकको अधिार सुनिश्चित हुन्छ । अधिकार प्राप्तिका लागि बन्द, हड्ताल, आन्दोलन गर्नु पदैन तर समस्या जस्ताको तस्तै रयो । कहि कतै परिर्वतनको महसुस गर्न पाइएन । यहाँ त बरु भ्रष्टचारिहरु पुरस्कृत भए, बढुवा भए, सम्मानित भए, जनताको अधिकारमाथि कुठराघात गर्नेहरु विभिन्न पदमा पुगे । यसले नेपाली जनतालाई त चित्त बुझेन त्यो भन्दा पनि सहिदको घोर अपमान भएको छ । सहिद परिवारहरु आक्रोसित बनेका छन् । लोकतन्त्रका लागि लढेकाहरुको आत्मा रोएको छ । नेपालीहरुको चित्त दुखेको छ ।
राजनितिक दलहरु आ–आफ्नो स्वर्थको लागि टुक्राटुक्रा बनेका छन । कसैले कुस्त सम्पति कमाउन नपाएको झोकमा, कोहि मन्त्रि, प्रधानमन्त्रि नपाएको झोकमा, कोहि भ्रष्टचार गर्न नपाएको झोकमा, कोहि स्वर्थ पुर्तीगर्न नपाएको झोकमा । यस्तै छ यहाँ जनताका लागि राजनिति गर्नेहरुको पारा । रबि अवता नयाँ पुस्ताका नेतहरुले पनि आफ्नो औकात देखाइ सकेका छन् । स्ववियुको चुनाव गर्न सकेनन् । प्रत्येक क्यम्पसमा आफ्नो संगठनलाई जीताउनको लागि लाखौं खर्च गरेर फर्जि भर्ना गर्ने र अनैतिक भयो भनेर फेरी ताला बन्दि जस्ता गैरजिम्मेवार पुर्ण काम गरे । यहाँ कयौं बालबालिक शिक्षाबाट बन्चित छन् । गरिवि र अभावको कारण उनीहरुले पाउने शिक्षाको अधिकार पाएका छैनन् । यदि विद्यर्थी नेताहरु विद्यार्थीका लागि राजनिति गर्थे भने ति बालबालिकाको लागि खर्च गर्थे । शिक्षाबाट बन्चित बनेका विद्यार्थीलाई शिक्षाको अवसर दिन्थे । उनीहरुले उच्च शिक्षा हासिल गर्नको लागि काम गर्थे । पक्का पनि विद्यार्थी हकहितको लागि गरेको राजनिति हो भने यस्तो अलोकतान्त्रिक, अप्रजातान्त्रि र मण्डले शैलिमा प्रस्तुत हुने थिएनन् होला । के गर्ने रबि यस्तै छ यहाँको चलन । बाँकि आगामि पत्रमा...............
No comments:
Post a Comment