दिपक बस्नेत
नेपालमा विभिन्न परिर्वतनहरु भए अहिले हामी गणतन्त्रमा छौ । गणतन्त्रको यात्रा सम्म आइपुग्दा एउटा आशा थियो नेपाली जनतामा अव नेतृत्व युवाले लिनु पर्छ, नेतृत्व तहमा युवा पुग्नु पर्छ अनिमात्र केहि होला भन्ने त्यो पनि हराएको छ । युवाले नेतृत्व गर्ने स्ववियु चुनावले प्रष्ट पारिसकेको छ कि अव नेपालमा केहि हुनेवाला छैन । युवा पनि उहि पुराना पुस्ताका चेला परेछन् के हुन्थे फरक । गुरुको चेला न हुन । गुरु जस्तो चेला पनि उस्तै हामी नेपालीको भाग्य नै यस्तै हो त ?
नेपालमा पुराना पुस्ताका राजनितिक नेताहरु एकपछि अर्को गर्दै असफल भइरहेका छन् । कुनै पनि कुरालाई संस्थागत गर्न सकेका छैनन् । निर्णय पनि नेपाली जनतालाई हित हुने गर्दैनन् । असक्षमताको पराकाष्ट नागेर संविधान घोषण त परै जहोस सत्ता गैरराजनितिज्ञलाई सुम्पेका छन् । एक जुगमा एकचोटि आउने भनिएको संविधान सभाको चुनाव सम्पन्न त गरे तर त्यसलाई मुर्त रुप दिन सकेनन् । चार चार पटक म्याद थपेर पनि संविधान जारि गर्न सकेनन् । अहिले फेरि संविधान सभाको चुनाव गर्नको लागि सरकार गठन गरिएको छ । तर यो पनि कुरामा मात्र सिमित छ । देश राजनितिक रुपले एकदम दयनिय अवस्थामा गुग्रिएको छ । आर्थिक, सामाजिकरुपले झनझन पछाडि घकेलिदै गएको अवस्था छ ।
पुराना पुस्ताका नेताबाट निराश बनेका नेपाली नागरिकले नयाँ पुस्ताका नेताबाट धेरै कुराको अपेक्ष गरेका थिए । राजनितिक संस्कार देखाउने छन् । राजनितिक स्थिरताको लागि उनीहरुको योगदान हुने छ । आम नेपाली नागरिको आशा थियो । तर नयाँ पुस्तालाई पनि अग्रजको भुतले छोएको छ । उनीहरुपनि राजनितिक फोहोरि खेलमा लिप्त भएका छन् । स्ववियू निर्वाचनको क्रममा प्रश्ट भएको छ । आफ्नो संगठनलाई जिताउनको लागि लाखौं खर्च गरेर कलेजमा भर्ना गराउने मात्र होइन क्यम्पसमा तालाबन्दि गरेर तोकिएको समायमा स्ववियुको निर्वाचन नै हुन दिएनन् । सिदै भन्न सकिन्छ कि अप्रजातान्त्रिक र मण्डले प्रविधि नयाँ पुस्ताका नेताले देखाएकै हुन ।
इतिहास अनुसार अहिलेको युवा विद्यर्थी नेता नै पछिको राजनितिक नेतृत्व हो । उस्लेनै राजनितिलाई हाक्ने हो । नेतृत्वगर्ने हो । देश चलाउने हो । यहि सिपले पक्कै पनि नेपाल र नेपालीको हित हुने छैन । यो भन्दा पनि दयनिय अबस्था आउँछ नेपाल र नेपालीको ।
पक्कापनि हो, नयाँ पुस्ताको राजनितिक कर्मिले नयाँ विचार र नयाँ विषय दिनु पर्छ । देशलाई पराइधिनताबाट बाचाउनु पर्छ । हरेक नेपालीको गाँस, बाँस, कपासको ग्यारेन्टिको लागि उन्नमुख हुनुपर्दछ । नेपालीहरु अहिलेको जसरि रोजगारिको लागि विदेशि भुमिमा जानु हुदैन । हरेक नेपालीको रोजगारिको ग्यारेन्टि हुनुपर्दछ । हरेक नागरिकको हक अधिकारको सुनिश्चित हुनुपर्दछ । देशमा आर्थिक उन्नति हुनुपर्दछ । नागरिकको राजनिति प्रति देखिएको निराशालाई युवा नेतृत्वले आशामा परिर्वतन गर्न सक्नु पर्दछ । नयाँ पुस्ताले आशाको किरण दिनु पर्दछ । सवै खालका कमिकामजोरिलाई हटाउँदै विद्यार्थी नेतृत्व अघि बढ्नु जरुरी छ । सुभकामना
No comments:
Post a Comment