Sunday, January 29, 2017


          देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने            सहिदप्रति   सम्मान

 

माघ १६
दिपक बस्नेत
आज सहिद दिवश  , देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस

Saturday, January 28, 2017

दोलखा चरिकोटले सार्बजनिक गरेको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अनुदान वितरणको लागि लाभग्राहीहरुको नामावली आएको छ ।

Saturday, March 22, 2014

घटे मतदाता, बढे उम्मेदवार


२०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा दोलखामा ३३ जना उम्मेदवार चुनावी मैदानमा थिए । मूख्य ३ दलसहित ११ दलले जिल्लाको दुवै क्षेत्रमा उम्मेदवारी दिएका थिए। जम्मा उम्मेदवारी दिने दलको संख्या १४ रहेको थियो । क्षेत्र नं. १ मा ३ जना र २ मा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। २०७० मा यो संख्या ४६ पुगेको छ। विगतको ७ वर्षको अवधिमा जिल्लामा मतदाता बढ्नुभन्दा घटेका छन । उम्मेदवारहरु भने वढेका छन। अघिल्लो पटक एक क्षेत्रमा खसेको भन्दा धेरै मतसंख्या यसपटक घटेको छ । २०६४ को निर्वाचनमा जिल्लाको क्षेत्र नं १ मा ५२ हजार ३ सय ६८ मत खसेको थियो भने २ मा ४४ हजार ४ सय ८५ मत खसेको थियो । यसपटकको निर्वाचनमा क्षेत्र नं. १ मा ५५ हजार १ सय ६८ मतदाता रहेका छन भने क्षेत्र नं. २ मा ५५ हजार १ सय ९३ जनाले मत खसाल्न पाँउछन। ०६४ मा १ उम्मेदवारका लागि ५ हजार २८ मत भागमा परेको थियो। यसपटक १ उम्मेदवारका भागमा २ हजार ३ सय ६३ मत पर्छ।

Tuesday, September 24, 2013

सेना परिचालन गर्नु



सेना परिचालन गर्नु आफैलाई कमजोर ठानेको माओवादी नेता बादलको भनाई

दिपक बस्नेत

नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले सेना परिचालन गरेर हुने निर्वाचनले जनताको संविधान निमार्णमा सहयोग नपुग्ने भएकोले आफुहरुले त्यसको शसक्त बहिष्कार गर्ने बताउनु भएको छ ।
राष्ट्रिय युवा जनस्वयमसेवक दोलखाले आयोजना गरेको मार्चपास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै महासचिव थापाले आफुहरु गोलिखान तयार रहेको तर कुनै पनि हालतमा स्वदेशी दलाल तथा विदेशी प्रतिकृयावादी शक्तिसंग आत्मसर्मपण नगर्ने बताउनु भयो ।

Thursday, August 22, 2013

गाईजात्र पर्व धुमधाम मनाइदै



दिपक बस्नेत  


गाईजात्रा पर्व, वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ ।
हिन्दुधर्म अनुसार गाईजात्रा पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाइन्छ। गरुड पुराणमा उल्लेख भए अनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख छ । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

दोलखाको चरिकोटमा गाई जात्रा