Sunday, April 14, 2013

खै युवाको मूल्य ?


भनिन्छ ! नेपालको हरेक परिर्वतनमा युवाको भुमिका महत्वपुर्ण छ । हुन पनि हो, युवा शक्ति देशकै जेठो जनशक्ति हो । यती हुदा हुदै पनि यो जेठो जनशक्ति विदेशी भुमिमा आफ्नो श्रम बाध्य छन् । आफ्नो पसिनाले ति देशका भुमिलाई सिन्चिरहेका छन् । अनि नेपालको जेठो जनशक्ति युवा शक्तिले सिन्चेको आफ्नो भुमिबाट सुन फलाई रहेका छन् र आफुलाई शक्तिशालि अनि आधुनिक युगमा प्रबेश गरि संसारभर चिनाउन खोजिरहेछन  र चिनिदै पनि छन् तर नेपाल भने दिन दिनै राजनितिक, आर्थिक, सामाजिक, भौतिक, बौद्धिक, साँस्कृतिक हरेक पक्षबाट पछाडि परिरहेको जो कोहिले पनि अनुमान गर्न सक्दछ ।
‘अव नेपालमा केही गर्न सकिदैन’ धेरै युवाको मुखबाट निस्कने कुरा हो यो । हरेक युवाको मन मष्तिकमा यस कुराले गहिरो असर पारिसकेको छ । सानो परिवार पाल्न पनि विदेश नै ताक्नु पर्ने अवस्था रहेको छ । दक्ष युवा शक्ति नेपालमा बस्न चाहदैन । उस्ले नेपालमा केहि भविष्य देख्दैन हुन पनि हो राजनैतिक खिचातानि, दिन दिनै बढेको महङ्गि, भ्रष्टचार, बन्द हड्ताल, हिंसा, आतंक, बलत्कार, लुटपाट, अपहरण, एकले अर्कालाई गर्ने अपाच्य शब्दद्धारा गालिगलौज, शब्द कस्तो हो राम्रो या नराम्रो खुरापातिले जरो गाडेको अवस्था छ । 
हामी नेपाली युवा पनि के मा कमि छौ र ? अरु देशका युवा भन्दा यहाँ पनि राष्ट्रियस्तरका रोबट बनाएर प्रर्दशन गरेका छन । नेपालका युवा विद्यार्थीले सानो विमान ग्लाइडर बनाएका थिए र त्यसको पोखरामा सफलताका साथ उडान गरिएको थियो । डाँफे नाम दिइएको उक्त विमान अहिले कहाँ छ ? सायद खियालागेर सडिसकेको अवस्थामा भेटिन्छ होला । निर्माण गर्ने ति युवा विद्यार्थी कहाँ छन् ? सजिलै अनुमान गर्न सकिन्छ नेपालमा पक्कै छैनन् । नेपालमा युवाहरुले के गरेका छैनन् ? घामबाट चल्ने कार बनाए, मानव स्वचालित यन्त्र– रोबट तयार गरे, देशको हरेक परिर्वतनमा युवाले आफ्नो ज्यान गुमाए, कति आमाको काख खालि गराए, कतिको सिन्दुर पुछिए, कतिका बालबालिका टुहुरा बने, कति युवा अपाङ्ग भएर आफ्नो दुखका दिनहरु विताइ रहेका छन् । 
प्रसङ्ग आन्दोलनको ! हरेक परिर्वतनमा युवा नै अग्रपङ्गतिमा रहेका हुन्छन् अनी आन्दोलन सफल हुन्छ । राजनेता सत्तामा पुग्छन । विडम्वना कस्तो छ भने जब सत्तामा पुग्छन तव युवाको हरेक योगदानलाई विर्सने गरिएको छ । युवाको न्युनतम अधिकारको पनि ख्याल गरिदैन । न रोजगारिको ग्यरेन्टि गरिन्छ, न बेरोजगारि भत्ताको व्यवस्था गरिन्छ, न नीति निमार्ण गरिन्छ । न देशलाई योगदान गर्ने युवाको कदर प्रोत्सान नै हुन्छ । कस्तो विडम्वना अनी भनिन्छ, ‘हाम्रो देशका युवा शक्ति कुलतमा फसे, पश्चिमाहरुको नक्कल गर्न थाले, सूचना प्रविधिको दुरुपयोग गरे’ । 
देशको लागी केहि गरौ भन्ने युवाले कहाँ सहयोग पाएका छन ????? 

No comments:

Post a Comment